मनेश निरौला, सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका कार्यसमितिको सभापतिमा निरकुमार शर्मा निर्बाचित भएका छन्। मंगलबार सम्पन्न १४ औं गाउँ अधिबेशनका क्रममा भएको निर्बाचनमा वर्तमान सभापति निरकुमार शर्मा कटेललाई पछिपार्दै उनी सभापतिमा निर्बाचित भएका हुन्। निर्बाचनमा बिजयी शर्माले ५७ निवर्तमान सभापति शर्माले २७ मत ल्याएको निर्बाचन समितिले जनाएको छ।
सोही निर्बाचनबाट गाउँपालिका पार्टी उपसभापतिमा घनश्याम बास्तोलाले ५८ र कैलाश निरौलाले ७१ मत ल्याएर निर्बाचित भएका छन् । सचिबमा दुर्योधन राई र ताराबहादुर खत्री एवं सहसचिवमा दिपक घिमिरे र नवराज श्रेष्ठ निर्बिरोध निर्बाचित भएका थिए। त्यस्तै कार्यसमितिका सबै सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको बताइएको छ।