× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

‘रामायण’मा रावणको भूमिका निभाउने अभिनेता त्रिवेदीको निधन

Simrik Online

१९ आश्विन २०७८, बुधबार

काठमाडौं । भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ। सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ‘रामायण’मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो। उनको उमेर ८३ वर्ष थियो।

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको निधन भएको बीबीसीले लेखेको छ। उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। ‘रामायण’मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए। यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए।

यसैवर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो। त्यस समय ‘रामायण’मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए।