× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

माओवादीले ३३ विभागको नेतृत्व टुंग्यायो, यी नेताहरुले पाए नेतृत्व

Simrik Online

३ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीका ३३ विभाग र १ प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ। स्थायी कमिटीको बिहीबारको बैठकले विभाग र प्रतिष्ठानको नेतृत्व चयन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

माओवादी केन्द्रका प्रत्येक विभागमा अध्यक्षसहित ३५ सदस्य रहने महराले बताए। त्यस्तै, सम्पर्क समिति गठन गर्ने र विपद् व्यवस्थापन विभाग गठन गर्नेबारे छलफल भएको उनले बताएका छन्।
प्रवक्तासमेत रहेका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको प्रमुख बनाइएको छ। त्यस्तै, पार्टी स्कुल विभागको नेतृत्व गिरिराजमणि पोखरेललाई दिइएको छ। उक्त विभागको नेतृत्वमा यसअघि पार्टी अध्यक्ष दाहाल थिए। दाहाललाई पार्टी स्कुल विभागको इन्चार्जको जिम्मेवारी दिइएको महराले बताए।

पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको पनि प्रवक्ता महराले बताएका छन्। उनले अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने बताउँदै राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखिएको पनि जानकारी दिएका छन्।

माओवादीको विभाग र प्रतिष्ठान प्रमुखहरूको नामावलीः

अर्थ तथा योजना विभाग : वर्षमान पुन
संगठन विभाग : जनार्दन शर्मा
विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ
प्रचार तथा प्रकाशन विभाग : कृष्णबहादुर महरा
उद्योग विभाग : वामदेव क्षेत्री
उपभोक्ता हित संरक्षण विभाग : मात्रिका यादव
विपद् व्यवस्थापन विभाग : सूर्य सुवेदी
कृषि तथा भूमिसुधार विभाग : हरिबोल गजुरेल
राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा
राजकीय मामिला विभाग : रेखा शर्मा
वन तथा वातावरण विभाग : शक्ति बस्नेत
विज्ञान तथा प्रविधि विभाग : गणेश साह
शिक्षा तथा मानवस्रोत विभाग : मायाप्रसाद शर्मा
श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव
संघीय संसदीय विभाग : देवप्रसाद गुरुङ
खानेपानी विभाग : बिना मगर
जलस्रोत तथा ऊर्जा विभाग : लिलामणी पोखरेल
कोष तथा आर्थिक विभाग : डोरप्रसाद उपाध्याय
निर्वाचन विभाग : खिमलाल देवकोटा
कानुन विभाग : मुक्ति प्रधान
पर्यटन विभाग : झक्कुप्रसाद सुवेदी
पार्टी स्कुल विभाग : गिरिराजमणी पोखरेल
प्रादेशिक मामिला विभाग : पर्शुराम तामाङ
पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा
युवा तथा खेलकुद विभाग : गणेशमान पुन
भौतिक पूर्वाधार विभाग : हरि अधिकारी
समाज कल्याण विभाग : सत्या पहाडी
सहकारी तथा गरिबी विभाग : धर्मदत्त देवकोटा
सहरी विकास विभाग : देवेन्द्र पौडेल
सामान्य प्रशासन विभाग : टेकबहादुर बस्नेत
साहित्य तथा कला विभाग : गोपाल ठाकुर
स्थानीय तह विभाग : उर्मिला अर्याल
स्वास्थ्य तथा जनसंख्या विभाग : कल्पना धमला
नीति अध्ययन प्रतिष्ठान : रामचन्द्र झा