काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नका लागि न्यायाधीशहरुले समिति बनाएका छन्। सर्वाेच्चका तीन न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा सदस्य रहने गरी समिति बनेको छ। यस समितिले प्रधानन्यायाधीशसँग मनसाय बुझ्ने र संवाद गर्नेछ। ‘प्रधानन्यायाधीशले ‘ग्रेसफुल इग्जिट’ खोजेपछि छलफलका लागि समिति बनेको हो।
प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन खोजेको सन्देश पठाएपछि न्यायाधीशहरुले आन्तरिक छलफललाई पनि तीव्रता दिएका छन्।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको भन्दै न्यायाधीश, नेपाल बारलगायत न्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आन्दोलनमा उत्रिएका छन्।