× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

लालबाबु पण्डितद्वारा एमाले केन्द्रीय सदस्य अस्वीकार

Simrik Online

१२ मंसिर २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले एमालेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन्। १०औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए।

ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् । नेता पण्डितले भने,’ मैले यसअघि पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको थिएँ। पदाधिकारी भइनँ भने त्याग गर्छु भनेको थिएँ। मैले नोमिनेसन दर्ता गराइनँ।’ पदाधिकारीमा ठाउँ नदिएपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरेको बताएका छन्।

‘पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा थिएँ। त्यसमा नेतृत्वले अर्कै सूची घोषणा गरेपछि बागी, विद्रोही बन्न चाहिनँ। बागी र विद्रोह मेरो खुनमा छैन,’ उनले भने, ‘अहिले जस्ता प्रतिनिधि आउनु भएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ थिएन।’
पण्डित महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौं फर्किसकेका छन्।