× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

गणेश लामाको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

Simrik Online

२४ मंसिर २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । पार्टीको केन्द्रिय सदस्य पदमा युवानेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने लामाले जानकारी दिएका छन् । उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य थिए, कांग्रेसमा पार्टी समायोन भएपछि महासमिती सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए । पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी दिन लागेको लामाले बताए ।

लामाले फोरम लोकतान्त्रिकमा रहदाँ हिमाल, पहाड, तराई र मधेसमा पार्टीको संगठन बिस्तार गरेर युवाहरुमा लोकप्रीय भएका थिए । देशको सबै जाती भाषा, क्षेत्र र वर्गलाई भावनात्मक रुपमा जोड्न सक्ने खुबी भएका उनी युवा र अन्य पुस्तापनि लामा चर्चित मुहार हो ।

भक्तपुरमा भएको प्रदेशसभा तर्फको उपनिर्वाचनमा पनि उनले कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँललाई जिताउन भूमिका खेलेका थिए । समाजसेवा, संकटमा जनताबीच उभिने र हजारौं युवालाई रोजगार बनाउन लामा सधै सक्रिय छन् ।

खास समयमा महत्वपूर्ण भूमिका निभाउन सक्ने क्षमता भएका लामाले गण्डकी प्रदेशको वर्तमान सरकार बनाउन खेलेको भूमिका सबैसामु छर्लङ्ग छ,’ एक नेताले सिम्रिक अनलाइनसंग भने । पार्टीको केन्द्रिय सदस्यमा लामालाई बिजयी गराउन सके युवा पुस्ताको ध्यान कांग्रेसमा बढ्ने धेरै नेताहरुको भनाई छ ।