× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

बसन्तपुर दरवार परिसरमा जय श्रीरामको दीप प्रज्ज्वलन 

Simrik Online

८ माघ २०८०, मंगलवार

काठमाडौं ।  आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा भएसंगै नेपालका अधिकांश धार्मिक मठमन्दिरमा आज विशेष पूजा अर्चनासहित दीप प्रज्ज्वलनको कार्यक्रमको आयोजना गरिएको छ।

विशेष पूजा अर्चानासहित दीप प्रज्ज्वलन कार्यक्रम अन्तर्गत राजधानीको बसन्तपुर दरवार परिसरमा आध्यात्मिक उत्सव अभियानले जय श्रीरामको दीप प्रज्ज्वलन संगै जय श्रीरामको आजाव बुलन्द गरिएको छ ।  काठमाडौं महानगरका प्रवक्ता समेत रहेका वडा न १७ का वडाध्यक्ष नविन मानन्धरले दीप प्रज्ज्वलनको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा विश्व हिन्दु महासंघका महासचिव शम्भुहरि बास्तोला, काठमाडौं वडा न. १९, २० र २४ का वडाध्यक्ष क्रमस राजेश श्रेष्ठ, राजेन्द्र मानन्धर र विनोदकुमार राजभण्डारी संगै नेपाली काँगेस नेता राजुराज जोशी, महासमिति सदस्य प्रशान्तमान सिं, नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य राजु खरेल, काठमाडौं क्षेत्र ८ ‘क’ प्रदेशका सचिव सुसन बैद्य लगायत उल्लेख्य नेतागण संगै बहुसंख्यक सर्वसाधारणको सहभागिता रहेको थियो ।

हिन्दु मुस्लिम विवादका कारण लामो समयदेखि विवादमा पर्दै आएको राम मन्दिर विवादका विषयमा सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेसंगै आज एक विशेष र भव्य कार्यक्रमकावीच राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो ।