पोखरा । `बास्तोला कुलसेवा समिति नेपालद्वारा´ पोखरा-लेखनाथ महानगरपालिका वडा नं. २८ बास्तोला गाउँ पहरेपानी स्थित रहेको कुल मन्दिरमा गर्ग-ऋषिको मुर्तिको प्राणप्रतिष्ठा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । `बास्तोला कुलसेवा समिति नेपालका केन्द्रीय अध्यक्ष´ श्री विश्वराज बास्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य सोमलाल बास्तोलाले गरेका थिए ।
विशिष्ट अथिति बास्तोला कुलसेवा समितिका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक बुद्धिनाथ बास्तोला, अ.प्रा.उपरथी नेपाली सेना अक्षयकोष दाता डा.दिपक बास्तोला, सल्लाहकार एवम् अक्षयकोष दाता डिल्लीरमण बास्तोला, केन्द्रीय सदस्य विष्णुप्रसाद बास्तोला, कास्की जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद बास्तोला, हरिप्रसाद बास्तोला, भुर्तेल बन्धु समाज नेपाल कास्की अध्यक्ष कालीप्रसाद भुर्तेल, बास्तोला कुलसेवा समिति कास्की पुर्वअध्यक्ष एवं सल्लाहकार सुर्यमोहन बास्तोला, जग्गादाता बिष्णुप्रसाद बास्तोला, बेदनाथ बास्तोला, कृष्णप्रसाद बास्तोला, पण्डित हरिकृष्ण बास्तोला, कोषाध्यक्ष सोमलाल बास्तोला, निर्माण समिति संयोजक द्रोणाचार्य बास्तोला, प्रतीक्षालय निर्माण संयोजक आनन्द बास्तोला, सल्लाहकार तारानाथ बास्तोला, निर्माण कार्य संयोजक माधब बास्तोला, मातृशिशु कल्याण आमा समुह, सृजनशिल युवा क्लब लगायतका अथितिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
नयाँ युवाहरुमा कुलसेवा, धर्मप्रतिको आस्था र जोश-जाँगरमा निरन्तर वृद्धि भइरहेको कार्यक्रमका सभापति हरिप्रसाद बास्तोलाले बताए । सोहि कार्यक्रमकै निरन्तरताका रूपमा यहि मिति २०८०-११-१७ मा पुर्वाङ्ग/लाखबत्ती प्रज्वलन कार्यक्रम र मिति २०८०-११-१८ मा एकाह (पितृ उद्धार) कार्यक्रम गरिने पनि कार्यक्रमका सभापति हरिप्रसाद बास्तोलाले बताए । साथै कार्यक्रमका प्रमुख अतिथि एवं बास्तोला कुलसेवा समितिका केन्द्रीय अध्यक्ष विश्वराज बास्तोलाले कूलपितृको सेवामा युवापुस्तालाई साथमा लिएर आफूहरू निरन्तर लागिपरेको बताए ।