× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

एमालेको संगठन विस्तार सम्बन्धि ओलीको प्रतिवेदनमा के छ

Simrik Online

७ बैशाख २०८१, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ । शनिबार ललितपुरको गोदाबरीमा सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषदमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सो उल्लेख छ ।
प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरिनेछ । कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउन ५ लाख २ हजार ६६८ सदस्य थप्नुपर्ने भन्दै पोखरेलले प्रदेश र जिल्लागत रूपमा लक्ष्य निर्धारण गरेका छन् ।
फागुन-चैत सदस्यता नवीकरणको महिना भएपनि अधिवेशनका कारण हुन नसकेको भन्दै पोखरेलले भनेका छन्, ‘नवीकरणको काम जेठ मसान्तसम्म पूरा गरी केन्द्रीय संगठन विभागमा अभिलेख प्रमाणित गर्नु पर्दछ ।’