इलाम । इलाम – २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले पनि यसअघि नै आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
यो चुनावमा १ लाख १५ हजार ८ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८ सय ६९ महिला र २ जना तेस्रोलिङ्गी मतदाता छन् ।