काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण स्थगित गरेका सेवाहरु पुन: सुचारु गर्ने भएको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षाका मापदण्ड अपनाउँदै असोज ४ गते आइतबारदेखि सेवा पुनः सञ्चालन गर्ने जनाएको हो ।
प्रशासनले साउन २५ गतेदेखि सेवाहरु स्थगित गरेको थियो । प्रत्येक सेवामा दिनको २० जना सेवाग्राही नबढ्ने गरी स्थानीय तहअनुसार सेवा लिने व्यवस्था मिलाइएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यायले बिहीबार सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको हो ।