× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

ट्रेड युनियनको चुनावले कर्मचारीको सरुवा रोकियो

Simrik Online

१ आश्विन २०७७, शुक्रबार

काठमाडौं । सरकारले आगामी २४ असोजमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै निजामती कर्मचारीहरुको सरुवा रोक्ने निर्णय गरेको छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचनको आचारसंहिताका कारण सरुवा रोकिएको मन्त्रालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृतको पत्रअनुसार २४ असोजसम्म सरुवा तथा काज सरुवा नहुने मन्त्रालयले प्रष्ट पारेको छ ।

कोरोना महामारी बढिरहेका बेला सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव गर्न लागेको हो । चुनावमा अधिकृतसम्मका कर्मचारीले मतदान गर्न पाउनेछन् ।

विषम परिस्थितिमा चुनाव गर्न लागेको भन्दै ट्रेड युनियनकै नेताहरूले यसको विरोध गरिरहेका छन् ।