× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
भ्रष्टाचार

यस्ता निर्णयसहित थुलुङदुधकोशी कांग्रेसको बैठक सम्पन्न

Simrik Online

३ आश्विन २०७७, आईतवार

मनेश निरौला, सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङदुधकोशी गाउँपालिकाको बैठक सम्पन्न भएको छ । असोज ३ गते संविधान दिवसको अवसर पारेर गाउँपालिका सभापति महेन्द्रदिप राईको सभापतित्वमा कार्य समितिको बैठक सम्पन्न भएको हो ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोदकुमार बस्नेत बैठकको प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।
सभापति बिनोदकुमार बस्नेतले थु.दु.गा.पा.मा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पुर्णरुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
गाउँपालिकाको नेतृत्वले गरेको भ्रष्टाचार र विकृतिको साँची नबसी बिद्रोह तथा भन्डाफोर गर्न समेत पार्टीको समिति र निर्वाचित जनप्रतिनिधिहरुलाई सभापति बस्नेतले आग्रह गरेका छन् ।

यस्तै कांग्रेस सोलुखुम्बुका सहसचिव कुसराज राईले शिक्षकहरुलाई धम्की दिदै पार्टी प्रबेश गराएको घटनाप्रति खेद व्यक्त गर्दै कुनै पार्टी विशेषको झन्डा बोकेर हिड्नु भन्दापनि आफ्नो पेशाको मर्यादा बचाउनको लागि शिक्षकहरुलाई आग्रह गरेका छन् ।

बैठकमा जिल्ला सदस्य नवीन थापाले काँग्रेस भित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउँदै सत्ताधारीहरुले गरेको ब्रह्मलुटको बिषयमा जनतामाझ जानुपर्ने बताए ।
अर्का जिल्ला सदस्य कान्तिराज थुलुङले कम्युनिस्टहरु कमाउनिस्टको नामले परिचित हुन थालेको बर्तमान सन्दर्भमा जनताका साझा मुद्दाहरु उठाएर काँग्रेस अगाडि बड्नु पर्नेमा जोड दिए ।

९ वटै वडाका पार्टी सभापतिहरु, निर्वाचित जनप्रतिनिधिहरु, निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार भएकाहरु तथा जिल्ला नेतृत्व सहित बसेको बैठकले थुलुङ दुधकोशी गाउँपालिका भित्र पार्टीका सबै भातृ-भगिनी संगठनको गठन गर्ने, गाउँपालिकाको आम्दानी तथा खर्चको विवरण माग गर्ने, महत्त्वपूर्ण आयोजनाहरुको अध्ययन गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णय गरेको पालिका सभापति महेन्द्रदिप राईले बताएका छन् ।

सोही बैठकमा काँगेल निवासी नेकपाका सक्रिय कार्यकर्ता युद्धबहादुर बस्नेत नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

बैठकमा जिल्ला सदस्य घनराज सुनुवार, थु.दु.गा.पा. कि उपाध्यक्ष सबिता राई, नेविसंघ सोलु अध्यक्ष अस्बिनबाबु थापा, लेखक संघ सोलुखुम्बु अध्यक्ष सुवास संगम राई, महिला संघ उपाध्यक्ष एककुमारी बस्नेत, शिक्षक महासंघका स्थानीय अध्यक्ष डन्डी खतिवडा, भानुभक्त उपाध्याय लगायतले आफ्नो भनाइ राखेका थिए ।