× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

डा.आचार्यको “सुरुची” गभर्नर अधिकारीबाट विमोचित

Simrik Online

३ आश्विन २०७७, आईतवार

काठमाडौं । गीतकार डा.भागवत आचार्यको ‘सुरुची’ राष्ट्रिय गीति संग्रह विमोचन गरिएको छ । डा.ढकाल नेपाल राष्ट्र बैंकका उप-निर्देशक समेत हुन् । आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त एल्बम विमोचन गरेका हुन् ।

उपनिर्देशक डा.आचार्यको एल्बममा ६ वटा गीतहरु समेटिएका छन् । ५ वटा गीत राष्ट्रप्रेम समेटिएका गीतहरु हुन् भने एउटा भने आधुनिक गीत हो । आचार्यको ‘सबै भन्छन् यो देशले…’ बोलको गीतमा शक्ति वल्लभले संगीत भरेका छन् भने शिशिर योगीको स्वर रहेको छ ।

अर्को ‘आमाको महिमा..’ बोलको गीतमा संगीता राना प्रधानको स्वर र राजु सिंहको संगीत रहेको छ । यसैगरी ‘अरुको आँखाले संसार हेरिन्न…’ बोलको गीतमा स्वर तथा संगीत टीका भण्डारीको रहेको छ भने ‘देउरालीको वर बन्न चाहने यो मन…’ मा नवराज आचार्यको स्वर तथा संगीत रहेको छ ।

यसैगरी ‘हजार छन् फूलहरु सौन्दर्य छ एक..’ वोलको गीतमा दीपक लिम्बूको स्वर र राजु सिंहको संगीत रहेको छ भने ‘नसम्झनू मेरो देशलाई गरिब भनी..’ वोलको गीतमा शिशिर योगीको स्वर शक्ति वल्लभकै संगीत रहेको छ ।

गीत विमोचन गर्दै गभर्नर अधिकारीले संगीत सबैका लागि आवश्यक हुने भन्दै राष्ट्रप्रेमका शब्दहरु समेटिएका गीतहरु सुन्दा अझ झनै आनन्द महशुस हुने बताएका छन् । उनले राष्ट्र बैंकको कामकारवाहीदेखि साहित्य क्षेत्रमा समेत आचार्यले निकै राम्रो कामम गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।

राष्ट्रप्रेमका शब्द र राष्ट्रलाई मैले के दिए भन्ने राम्रा पक्षका शब्दहरु समेटिएको भन्दै गभर्नर अधिकारीले ‘सधै हामी देशले हामीलाई के दियो भन्छौं, वास्तवमा हामीले के दियौ भन्ने कुरा पनि सोैच्नु पर्छ जुन कुरा गीतमा भनिएको छ’ भनेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले आचार्यको एल्बममा राष्ट्र प्रेम झल्कने शब्दहरु प्रयोग गरिएको भन्दै यी गीत सुन्दा छुट्टै किसिमको आनन्द आउने बताए । एल्बमको बारेमा पवन आचार्यले प्रकाश पारेका थिए भने गायक तथा सञ्चारकर्मी टीका भण्डारीले पनि एल्बममा समेटिएको गीतबारे चर्चा गरेका थिए ।