× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
भ्रष्टाचार

गुल्मीमा कांग्रेस सभापति माथि सरकारकाे दमन

Simrik Online

४ आश्विन २०७७, सोमबार

काठमाडौ । असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रित रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो । कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र कार्यकर्ता माथि प्रशासनले दुर्ववहार गरि दमन गरेकाे कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आराेप लगाएका छन् । 

कांग्रेस कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व रोकियो । रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरेकाे कांग्रेसले जनाएकाे छ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायत घाइते भएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमति, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताइएको छ ।

स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसले यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक रुपमा स्पष्टीकरण माग गरेकाे छ ।

गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहोरयाएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञाप्तीमा उल्लेख छ ।