✍️चन्द्रमणि भुजेल
कोशी प्रदेशको संखुवासभा जिल्लामा दशवटा पालिकाहरु मकालु गाउँपालिका, भोटखोला गाउँपालिका, सिलिचोङ गाउँपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका, मादि नगरपालिका र धर्मदेवी नगरपालिका रहेका छन् । हुम्बुङ्को प्रसिद्ध धार्मिक तिर्थस्थल धर्मदेवीका नामबाट धर्मदेवी नगरपालिका नामाकरण गरिएको हो । यस नगरपालिकाको गठन गर्दा तामाफोक गाविस, माम्लिङ गाविस र आँखिभुईं गाविस मिलाएर गरिएको थियोे । धर्मदेवी नगरपालिकालाई तेह्रथुमका लालिगुँरास नगरपालिका तथा महालक्ष्मी नगरपालिका, संखुवासभाका चैनपुर नगरपालिका र मादि नगरपालिका तथा ताप्लेजुङका मेवाखोला गाउँपालिकाले घेरिएको छ भने भोजपुरसँग अरुण गाउँपालिका र अरुण नदी सिमाना बनेर बगेको छ । यस नगरपालिकामा वार्ड नंं. १ तेल्लुक, वार्ड नंं. २ तामाफोक, वार्ड नं. ३ मुढेशनिश्चरे, वार्ड नं. ४ याक्खाचोक, वार्ड नं. ५ लाफाचोक, वार्ड नं. ६ फाक्सी, वार्ड नंं. ७ आँखिभुईँ गाडेको ढुंगा, वार्ड नं. ८ सोमबारे, वार्ड नं.९ बिहीबारे/मूलगाउँ रहेको छ । यस धर्मदेवी नगरपालिका भित्र वडा नं. १ का गाउँटोलहरु मदानसिंह, भुसुने, सेदाङफुङ, महभीर, राई गाउँ, गैरीगाउँ, तेल्लोक, जिमी गाउँ हुन् भने वार्ड नं. २ का तामाफोक, फुङलिङ र लङ्खुमलाङ हुन् । त्यस्तैगरी वडा नंं ३ मा कुन्ताङ, सल्ले, बाईसझोरे, मजुवा, मुडेशनिश्चरे, ओख्रे र टाकुरे हुन् । वडा नंं ४ मा जङ्गेडाँडा, किटिनीडाँडा, अधिकारी गाउँ, सार्की गाउँ, रातो डाँडा, भदौरे, बस्नेतगाउँ, रायागाउँ, हुम्लिङ, चिम्राङ, स्कुल डाँडा, गैरीगाउँ हुम्लिङ, कामी गाउँ, एक्ले सल्लो, हुर्पा, माथिल्लो हुर्पा, भलाकङ्गु, गैरीगाउँ, माम्लिङ सल्ले, भण्डारी गाउँ, पुरानो गाउँ, याक्खाचोक हुन् भने वडा नं. ५ मा माम्लिङ गैरीगाउँ टोल, शिवालय टोल, चुच्चे ढुङ्गा टोल, बुद्धज्योति टोल, लालीगुराँस टोल, सुन्दर फ्याँगु टोल, आलोटार टोल, जरायाटार टोल, बेहुलीटार, कुन्ताङ शिवालय टोल, ढोडे टोल, नागेश्वरी टोल, वडा नंं.६ भित्र पर्ने आछाम्बु, खाल्ले, मुङराङ, तल्लो जिमी गाउँ, पाडारे, तल्लो हुम्बुङ, माथिल्लो हुम्बुङ, तल्लो फाक्सी, माथिल्लो फाक्सी, कटवाल गाउँ, तल्लो साउने, माथिल्लो साउने हुन् । वडा नं. ७ का कुवापानी, मालवासे टोल, अमरुवा, आले, पाङलाङ, गाडेकोढुङ्गा, सिम्फे आदि हुन् भने वडा नं. ८ का आँखीभुईं, फाग्लिङ, जारीगाउँ, चुवाडे, ओखरभोटे, क्याँवावेसी, हिलेटार, नाराङ्ग, भोक्सिनी, भुसुण्डे, छपेली, हर्रावोटे, मगरगाउँ, राईगाउँ, कुँडुलेगाउँ, खालेगाउँ, किस्लाङ, पाडारे हुन् । त्यस्तै गरी वडा नं. ९ का माथिल्लो खाल्ले, लुम्सुम, भकुण्डे, बिहिबारे, पुपाङ्गु, माथिल्लो गुँरासे टोल, एवाङ, चोइलिखा, मालिभेग, कोलाङसिङ, गैरीगाउँ, जिमीगाउँ, तल्लो जिमीगाउँ, माथिल्लो जिमीगाउँ, मूलगाउँ, द्याउनढुङ्गा, ढोडेनी र सौरेनी आरद गाउँहरु रहेका छन् ।
सडक ट्रयाक खुलेका मुडे–तेल्लोक, मदामसी, कुन्ताङ मोड–तेल्लोक, ओख्रे तेल्लोक, महभिर फेदी, तिनजुरे फेदी भुसुने, फेदी मदामसी, तेल्लोक माया खोला, महभिर– बर्खेटार, फुङ्लिङ्ग–तामाफोक–मायाखोला, फुङ्लिङ्ग–ओख्रे साथै किरिङ डाडा धर्मदेवी मन्दिर सडक, वोंध सिं चोक नगिश्वरे सडक, याक्खाचोक विहिवारे सडक, क्याम्पस मोड नागिश्वरे सल्ले सडक, भञ्ज्याङ विहिवारे सडक, रविचोक फ्यागु सडक, कुन्ताङ सल्ले तामाफोक सडक, कुन्ताङ भालुढुङ्गा सडक, मुडे मदाम सि सडक, औटार साउने सडक, मूडे केवा सडक आदि हुन् ।
श्री अमरुवा माध्यमिक विद्यालय (आँखीभूई, वडा नं.७), श्री महेन्द्रज्योति माभ्यमिक विद्यालय (पूयागु, वडा नं. ९), श्री भगवती माध्यमिक विद्यालय (मूलगाउँ, वडा नं.९ ), श्री शारदा माध्यमिक विद्यालय (हुम्लिङ, वडा नं.४), श्री रामेश्वर माध्यमिक विद्यालय (माम्लिङ, वडा नं.५ ), श्री नागेश्वरी माध्यमिक विद्यालय (नागिम्घरो, वडा नं.५), श्री सिंहेश्वरी माध्यमिक विद्यालय (मुडेसनिश्चरे, वडा नं.३), श्री चामुण्डे माध्यमिक विद्यालय (तामाफोड,वडा नं.२), श्री शान्ति माध्यमिक विद्यालय (तेल्लोक, वडा नं.१), श्री रुक्मिणी आधारभूत विद्यालय (फाक्सी, वडा नं.६), श्री धर्मदेवी आधारभूत विद्यालय (घम्वुङ, वडा नं.६), श्री जालपादेवी आधारभूत विद्यालय (पाङ्लाङ, वडा नंं. ७), श्री हाङमारानी आधारभूत विद्यालय (भालुढुङ्गा, वडा नं.६), श्री पञ्चकन्या आधारभूत विद्यालय (आँखीभूईं, वडा नं. ७), श्री आधारभूत विद्यालय फाक्सी (फाक्सी, वडा नं. ६), श्री विश्वज्योति आधारभूत विद्यालय (नाराङ्ग), श्री सिद्धदेवी आधारभूत विद्यालय (सिम्फे, वडा नं. ७), श्री ध्रुवज्योति आधारभूत विद्यालय (चैलीखा), श्री जनप्रिया आधारभूत विद्यालय (खाल्लेगाउँ), श्री सरस्वती देवीस्थान आधारभूत विद्यालय (आले, वडा नंं.७), श्री देवीदर्शन आधारभूत विद्यालय (द्याउनढुङ्गा, वडा नंं.९), श्री दूधनाथ आधारभूत विद्यालय (अमरुवा, वडा नंं.७), श्री अरुणोदय आधारभूत विद्यालय (क्याँवावेसी, वडा नं.८), श्री बालबालिका आधारभूत विद्यालय (हुम्बुङ, वडा नं.७), श्री सरस्वती आधारभूत विद्यालय (ढोडे, वडा नं.५), श्री जनता आधारभूत विद्यालय हुम्लिङ्ग (सल्ले, वडा नं.४ ), श्री जनजागरण आधारभूत विद्यालय (हुर्पा, वडा नं.४ ), श्री विष्णु आधारभूत विद्यालय (कुन्ताङ, वडा नं.३), श्री सिंहदेवी आधारभूत विद्यालय (फुङलिङ), श्री बालशुशिल आधारभूत विद्यालय (तेल्लोक, वडा नंं.१), श्री कालिका आधारभूत विद्यालय (महभीर), श्री इन्द्रकाली आधारभूत विद्यालय (तेल्लोक, जिमीगाउँ, वडा नं.१), श्री अमर सहिद आधारभूत विद्यालय (मदानसिङ, वडा नं.२), श्री शिव आधारभूत विद्यालय (मजुवा), श्री पञ्चकन्या आधारभूत विद्यालय (ओख्रे, वडा नं. ३), श्री धर्मोदय आधारभूत विद्यालय ( मगरगाउँ, वडा नं.५ ), श्री महादेवस्थान आधारभूत विद्यालय (टाकुरे, वडा नं.३), श्री बुद्धज्योति आधारभूत विद्यालय, श्री गौतमबुद्ध आधारभूत विद्यालय (भुसुने) आदि विद्यालयहरु छन् ।
यस धर्मदेवी नगरपालिकामा ८ वटा माध्यमिक विद्यालयहरु छन् भने ३१ वटा आधारभूत विद्यालयहरु रहेका छन् । शिक्षाको क्षेत्रमा नगरपालिका भएपनि शैक्षिक स्तर राम्रो स्तरीय बनाउन चाहिँ सकेको छैन । यहि विद्यालयहरुमा शिक्षाको गुणस्तरलाई बढाउँदै लगेर राष्ट्रियस्तरमा आउनेगरी बढाउँदै जाने लक्ष्य चाहिँ राख्दै जानु आवश्यक छ । त्यस्तैगरी शैक्षिक क्षेत्रमा नगरपालिकाले सानो बजेट छुट्याउन पर्दछ ।
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार मेघावी विद्यार्थी यदि नगरपालिकामा देखा परेभने तिनीहरुलाई नगरपालिकाले हर प्रकारको सहयोग गर्न सक्छ र गर्नुपर्दछ । आफ्नो पालिकालाई आवश्यक पर्ने जनशक्ति आफैं उत्पादन गर्ने हो । जस्तैः आर्थिक अवस्था निम्न भएपनि ऊ डाक्टर, इन्जिनियर, नर्स र सिए बन्न सक्ने खालका मेघावी विद्यार्थीलाई निःशुल्क पढाउने र पढाएपछि केही वर्ष नगरपालिकामा सेवा दिनै पर्ने शुनिस्चित गर्ने र उ एउटा राष्ट्रको डाक्टर इन्जिनियर बन्न सकोस भनेर भविष्यमा ऊ विदेश नै गएछ भनेपनि उसको क्षमता वृद्धि भइसकेको हुन्छ । त्यसपछि आफ्नो गाउँ त बनाउने योगदान गर्न सक्ने हुन्छ भने उ जतिकै बनाउन अर्को गरीब परिवारको विद्यार्थीलाई पढाउन उसले पनि योगदान गर्नुपर्छ । यो वातावरण चाहिँ देशव्यापी गर्नु पर्दछ । ७५/८० लाख खर्च गरेर डाक्टर पढ्यो भने १० वर्ष पछि ऊ करोडौंको फाइदा आफ्नो पालिकालाई दिन सक्ने क्षमता प्राप्त गर्दछ र असल नागरिक बनाउन अरुले उसमाथि गरेको योगदान उसले पनि आफ्नो जन्मभूमिको लागि दिने नै छ । इन्जिनियर, नर्स र सिएको पनि वृहत माग छ । यो शिक्षा पाएका सबै देशका अब्बल नागरिक हुन् । यिनले पनि उतिकै योगदान गर्न सक्दछन् । आर्थिक अवस्था मजबुत भएकोलाई चाहिँ नगर्दा पनि फरक पर्दैन ।
अब कृषितर्फ धर्मदेवीमा पूरानै ढर्रामा चलेको छ भने जो निर्वाहमूखी कृषिको अन्त्य गर्न सकेको छैन र यसको अन्त्य र सामूहिक कम्पनि मार्फत व्यवसायिक आधुनीकिकरण तर्फ कृषिलाई धकेलेर आर्थिक सुधार गर्नुपर्छ । यहाँ परम्परावादी कृषि प्रणाली नै कायम छ । त्यसको लागि व्यवसायिक र आधुनिक कृषि प्रणाली अपनाउनु जरुरी छ । यस पालिकाको आर्थिक वृद्धि नगदे वाली, फलफूल तथा दुग्ध फार्म सञ्चालनमा आएका छन् भने अलैंची, अम्रीसो, रुद्राक्ष, एवोकाडो, किवी, आँप, स्याउ, आलु, बन्दा, कटहर, उखु, मकै, धान, मास, भुईंकटहर, भटमास, तोरी, केरा, अकबरे, खोरसानी र अदुवा आदि हुन् भने प्रकृतिक र मानवनिर्मित ग्रीन हाउस बनाएर पनि बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ ।
यहाँ विद्युत विकासको पनि राम्रो सम्भावना छ । हामीले आजका दिनसम्म निर्वाहमूखी खेतीपाती पशुपालन त गरेर जीविकोपार्जन गरियो । अब यसलाई सामूहिक खेतीपाती र कम्पनिमा परिणत गरेर त्यति नै श्रम गरेर वृहत फाइदा हुने टोलटोलको नमूना विकास गर्नतर्फ लागौं जसले उद्योगको समेत विकास गर्न सकोस् । सानै उद्योग भए पनि पहाडमा डेरी खुलेका छन् । सहकारी, बैंक पनि खुलेको देखिन्छ भने जनताको पैसा जनता कै लगानीमा एउटा चिस्यान केन्द्र खुल्नु पर्दछ जहाँ आलु तरकारी फलफूल सुरक्षित गर्न सकियोस् । खेर गएको अम्रीसोको डाँक्लाबाट कागज बनाउन सकियोस् । जसै खेर गइरहेको लोक्ताबाट पनि नेपाली कागज बन्ने सम्भावना प्रवल छ भने तितेपातीको तेल मात्र उत्पादन गरेपनि फाइदाजनक नै छ । धर्मदेवीे नगरपालिकाको लागि पर्यटकीय गन्तव्यको रुपमा हेर्ने हो भने अमरुवाको गाडेको ढुँगाको पनि ऐतिहासिक पक्ष महत्वपूर्ण रहेको छ । त्यस्तैगरी उहिलेको दन्त्यकथा जस्तो लाग्ने अरुण नदीकिनारमा अक्करको भीरनजिकै अजिँगर बस्ने गुफा पनि पर्यटकीय दृष्टिबाट रमणीय नै छ । दुधनाथ महादेवको आफ्नै महत्व छ भने मूलगाउँको द्याउन ढुँगो अर्थात् बोल्ने ढुँगा पनि रोचक छ । धर्मदेवीको महिमा त जसले वरदान माग्न जान्छ उसले फल प्राप्त गर्छ भन्ने पूर्ण विश्वास छ । फाक्सीको बरझ्याङ्कालीको पनि उत्तिकै महत्व छ । पहिला विशाल वरको वृक्षको फेदमा पाठाले, परेवाले, भालेले भोग दिएर पूजा गर्ने चलन थियो । विशेष त यहाँ उँधौली र उभौंलीको पूजा गर्ने चलन छ । वरको वृक्ष ढलिसकेपछि त्यहाँ देवीको पूजा आरधना गर्ने राम्रो व्यवस्था छैन त्यसैले त्यहाँ एउटा सुन्दर मन्दिरको निर्माण गर्नु आवश्यक छ । माम्लिङ भञ्ज्याङमा शिवको मन्दिर बनाएर सञ्चालनमा ल्याइएको छ । आँखिभुई सोमबारेमा पनि महादेवको मन्दिर रहेको छ भने मुढेमा यलम्मवरको स्ट्याचु बनाइएको छ । जसले नगरपालिकाको शोभा र बजारको अस्तित्व वोध गराएको छ । यस नगरपालिकाको मेरुदण्डको रुपमा वसन्तपुरदेखि पिलुवाखोलासम्म हाइवे छ जसलाई जोगवनी किमाथांका सडकखण्ड अन्तर्गत पर्दछ । याक्खाचोक मूलगाउँ सडक पनि ग्राभेल भएर पीच बनाउन सुरुभएको अवस्था छ । यो सडक पाख्रिवास हिले जोड्न सके सिधा सडक बन्न सक्ने प्रवल सम्भावना छ । मुढे विहीवारे केवाखोला सडक मार्गपनि एक महत्वपूर्ण मार्गको रुपमा लिन सकिन्छ । विहीवारेदेखि चुवाडे सडक पनि बन्ने क्रकमा छ । त्यस्तै गरी टुटेदेउरालीबाट लालिगुँरासको राजधानी मंगलवारे तर्पm पनि बनिसकेको छ । मुढे तेल्लुक तामाफुक बाटो पनि बनिसकेको छ तर यी सडक सञ्जालमा कालोपत्रे चाहिँ कहिले पूरा हुने हो त्यो पाटो चाहिँ अलि प्रष्ट भन्ने दिन आएको छैन । यस नगरपालिकालाई कसरी विकास गर्ने भनेर नगर प्रमुख उदयचन्द्र पौडेल तथा उप प्रमुख तारा महत भट्टराई योजना बनाइरहेको हुनुपर्दछ । नगरभित्र कुनै योजना आयो भने त्यसलाई आवश्यक पर्ने सहयोग त नगरको हुन्छ नै । आफैं पनि कहिले फलपूmलको विरुवा वितरण गरेर हुन्छ कि केही न केही पालिकाले सहयोगात्मक भूमिका खेलेकै हुन्छ । समग्र नगर पालिकाको विकासको लागि गूरुयोजना बनाउने पालिकाको हरेक सम्भावनाको विस्तृत अध्ययन गराउन सकेको छैन । विकास कै मेरुदण्ड भनेको हाइड्रो, पर्यटन र कृषि तथा पशुपालन नै हो । एक परिवारले एउटा गाई वा भैंसी पाल्न सक्छ भने काम वाँडफाँडको आधारमा केही नभए पनि एकजनाले बीसवटाको काम गर्न सक्दछ । त्यसैले सामूहिक व्यवसायिक कृषि तर्फ आकर्षित गर्नु आवश्यक छ । केरा, स्कूस, काँक्रो, खरबुजा, किवी, एवोकाडो, आर्लमण्ड, लिच्छी, आँप, दाँते ओखर, काजु, कागती, रुद्राक्ष, सुन्तला, टमाटर, उखु, आरु, कटहर मात्र होइन मरिच, गोब्रेसल्लो देखि रक्तचन्दन सम्मका विरुवा लगाउन सकिन्छ । बाँस तथा मालिङगो प्रशस्त हुनाको कारणले यहाँ मलिङ्गो र बाँसबाट कुर्सी टेवलदेखि सजावटका सामाग्री उत्पादन गर्न सकिन्छ र त्यसको विक्री वितरण गर्न सकिन्छ । आज त्यहाँबाट अम्रिसो केजीको हिसावले बेचिरहेको छ भने त्यसबाट कुचो बनाएर सप्लाई गर्ने हो भने त्यसबाट अलिक बढि आम्दानी हुन सक्छ जो पालिकाको आयमा वृद्धि हुन्छ । अन्नवाली भन्दा नगदेवालीबाट बढी आम्दानी हुने हो त्यसैले उखु मात्र प्रशस्त लगाउने हो भने भारतीय उखुलाई विस्थापित गर्न मात्र सके पनि वर्षमा अरबौंको पैठारीलाई कम गर्न मद्दत पुग्थ्यो भने एवोकाडो नेपालको उत्पादन रहुन्जेल सस्तोमा बेच्न वाध्य हुन्छ भने नेपालको उत्पादन सकियो है भनेपछि उपभोक्ताहरु प्नि महंगो खरिद गर्न विवश हुन्छन् । त्यसैले एवोकाडोबाट बनाउन सकिने क्रिम, वटर, चक्लेट, जुस, के सम्भावना छ त्यसको खोजी गर्नु आवश्यक छ । पर्यटन तर्फ लागौं लालिगुँरासको राजधानी जहाँ ३० प्रकारभन्दा बढीका लालिगुँरास एकै ठाउँमा पूmलेको देखिन्छ जहाँ स्वर्गीय आनन्द नै आउनेगरी प्रकृतिले वरदान त दियो तर मानिसद्वारा नीर्मित भौतिक सम्रचना थपियो भने आम्दमनीको श्रोत निर्माण हुन्छ । त्यसको लागि त्यहाँ जाने पर्यटकहरुलाई खाने बस्ने मनोरन्जन गर्ने र अरु आकर्षणका पाटाहरु थप्न सक्नु पर्दछ । हाम्रो आफ्नो जमीनमा पाथिभरा मन्दिर छिमेकी आएर बनाएको देखिन्छ । त्यो मन्दिर या त धर्मदेवीलाई हस्तान्त्रण गर्न अनुरोध गरौं यदि हुँदैन भने हाम्रो सिमानाको जमीन छोड भनेर आफ्नो सिमानाको रेखदेख गर्नु आवश्यक छ । भौतिक सम्रचनाले पनि नगरपालिकाको शोभालाई वृद्धि विकास गर्न मद्धत गर्दछ । बाह्रै महिना बाह्रैमास वा आन्तरिक पर्या–पर्यटन अभिवृद्धि गर्न आवश्यक पर्ने पूर्वाधारको विकास गरेर धर्मदेवीलाई समृद्ध र नमूना नगरपालिकामा परिणत गर्न सक्नु पर्दछ । “नत्र त म यस्तो नगरपालिकाको नागरिक हुँ, जहाँ एक ग्लास दूध चाहेको बेला किनेर खान पाउँदिन, एक केजी खसीको, कुखुराको वा अन्य केहीको मासु खाउँ न भन्दा नपाउने नगरपालिकाको नागरिक हुँ” भन्नुको विकल्प छैन । यस्तो नहुनको लागि जनसंख्याको चाप र बजारको वृद्धि हुन सक्नुपर्दछ । बजार विस्तार हुनको लागि रोजगारको सिर्जना हुनुपर्दछ । रोजगार बढ्नलाई उत्पादनको वृद्धि हुन आवश्यक छ । त्यसैले सम्भावनाको खोजीमा यस पालिकाले केही न केही गर्नै पर्दछ । कृषि फसल संरक्षण गर्न चिस्यान केन्द्र बनाउन आवश्यक छ । बाहिरबाट आएका व्यक्तिहरुलाई खान बस्नको राम्रो प्रबन्ध पनि हुन सक्छ । यसरी धर्मदेवीलाई परापूर्वकालको जीविकोपार्जनमूखी जीवनशैलीबाट आधुनिकीकरण जीवनशैलीतर्फ लग्न प्रयास गरौं । हामी अमेरिका जापान कोरीयाको सपना आफ्नै ठाउँमा देख्न सकौं । (अङ्कमाल राष्ट्रिय मासिकबाट साभार गरिएको ।)