केदार बस्नेत, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले कम्युनिष्टले आफ्नो घरमा आगो लगाई सकेर अरुको घरमा आगो लगाउँन बाकी छ भन्ने आरोप लगाएका छन्। संगठन सुदृढीकरण कार्यक्रममा नेचासल्यानको बिहिबारेमा भएको कार्यक्रमको प्रमुख अथितिको आसनबाट बोल्दै केसीले त्यस्तो बताएका हुन्। कार्यक्रममा जिल्ला सभापति विनोद बस्नेत, सहसचिव कुशराज राई महासमिति सदस्यहरु खिलराज बस्नेत, जयप्रसाद राई र छिण्डील्हमु शेर्पा तथा जिल्ला स्तरीय नेताहरूको उपस्थिति थियो।
नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका सभापति निरकुमार शर्मा कटेलको सभापतित्वमा भएको कार्यक्रममा घटराज खड्का, दिपक भट्टराई र नेत्र कटेल सहित दर्जनौं नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको जिल्ला प्रचारप्रसार प्रमुख नवीन थापाले जानकारी दिएका छन्। नवप्रवेशीहरुलाई पुर्वमन्त्री केसी, सभापति बस्नेत र अन्य जिल्लास्तरीय नेताहरूले स्वागत गरेका थिए।