× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुको संयोजकमा आचार्य

Simrik Online

१७ मंसिर २०७७, बिहीबार

सोलुखुम्बु । वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुको संयोजकमा चन्द्रप्रसाद आचार्यलाई तोकिएको छ ।
नेपाली काङ्ग्रेस सोलुखुम्बुका पूर्वसचिव समेत भइसकेका आचार्यलाई एक महिनाभित्र अधिवेशन सम्पन्न गर्नेगरी जिल्ला समिति गठन गर्न संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।

समाजको विधान ०६९ को धारा १५ अनुसार सदस्यता वितरण गरी एक महिनाभित्र अधिवेशनबाट जिल्ला समिति गठन गरी केन्द्रमा प्रतिवेदन बुझाउन पत्रमा भनिएको छ । साथै तत्काल मनोनयनबाट ९ सदस्यीय समिति बनाई केन्द्रसँग समन्वय गरी काम गर्नुपर्ने बताइएको छ ।