× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
शिक्षा/संस्कृति

शिव मन्दिर निर्माणमा सन्तोष कट्टेलबाट ४८ हजार सहयाेग

Simrik Online

३१ आश्विन २०७८, सोमबार

आयुषा बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको वडा नं ३ मा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ समाजसेवी सन्तोष कटेलले ४८ हजार रूपैयाँ (गजुरकाे विल भुक्तानी गरी) नगद सहयाेग गरेका छन् ।

सोलुखुम्बु कांग्रेसका प्रवक्ता समेत रहेका सन्तोष कट्टेल एक असल राजनीतिकर्मी एवं समाजसेवीका रुपमा सोलुखुम्बुमा प्रतिष्ठित छन् । सन्तोष कट्टेलको सहयोगको जमरकट्टेल सेवा प्रतिष्ठानले – “शिव मन्दिरको निर्माण, विकास, संरक्षण र प्रवर्द्धनका लागि उहाँले देखाउनु भएकाे चासाे र लगानी प्रति हामी आभारी छाैं, उहाँले चालेका हरेक कार्यमा सफलता मिलाेस् भगवान शिव सदा दाहिना हुन्, कुल देवताले सदा सर्वदा कल्याण गरून् ।” भनेर प्रंशसा सहित हार्दिक बधाई तथा शुभकामना दिएको छ ।

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ३ माझगाउँमा निर्माण हुने शिव मन्दिरकाे अनुमानित लागत झन्डै ४० लाख रुपैयाँ रहेकाे र उक्त रकम भारद्वाजगाेत्रीय जमरकट्टेल बन्धुहरूबाट मात्रै जुटाइने जानकारी जमरकट्टेल सेवा प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र जमरकट्टेलले दिएका छन् ।