सोलुखुम्बु । हिजो सम्पन्न नेपाली कांग्रेस सोलुखुम्बु प्रदेशसभा ‘क’ को निर्वाचनबाट सभापतिमा धनजन राई निर्वाचित भएका छन् ।
भर्खरै सम्पन्न मतगणना अनुसार राईले २५८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी रोशन बाबु थुलुङले १६५ मत ल्याए ।सभापतिमा ९३ बढि मतले राईले सभापति जितेका हुन् । सभापतिमा राईसंगै उनको प्यानलै विजयी भएको छ ।
उपसभापतिमा फुर्तीमान तामाङले २६८ र टार्जन कुलुङ राईले २६३ मत ल्याएर निर्वाचित बनेका छन् भने विजय गुरुङले २४५ र हेमराज भट्टराईले २२६ मत ल्याएर सचिव, भिमचन्द्र राईले २४६ र तेज बहादुर बस्नेतले २३७ मत प्राप्त गरि सहसचिवमा निर्वाचित बनेका छन्। राई पुर्वमन्त्री बलबहादुर केसी र थुलुङ पुर्व पार्टी सभापति आङगेलु शेर्पा निकट मानिन्छन् ।