सर्लाही । नेपाली कांग्रेस सर्लाहीका प्रभावशाली नेता शिवकुमार गुर्माछानेले नेपाली कांग्रेसको १४ ओैं अधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
राजनीतिक लगानीको हिसाबले गुर्माछाने सर्लाहीका कांग्रेस बीच निकै लोकप्रिय मानिन्छन् । वीपीको विचारबाट निकै प्रभावित रहेका गुर्माछाने २ नं. प्रदेशकै अब्बल राजनीतिकर्मी हुन् ।
प्रभावशाली नेता शिव गुर्माछानेले समाजसेवा र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेका छन्। उच्च सामाजिक प्रतिष्ठा बोकेका गुर्माछाने गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको सुचीमा समानुपातिक तर्फबाट उम्मेदवार थिए । तर उनले नेपाली कांग्रेसबाट अहिलेसम्म कुनै राजनीतिक लाभको पद लिएका छैनन् । उनै युवा पुस्ता बीच लोकप्रिय शिवकुमार गुर्माछानले कांग्रेसको १४ ओैं महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेर निर्वाचनको मैदानमा आएका छन् । मतपत्रमा खुलातर्फको क्रमसंख्या ८३ मा शिवकुमार गुर्माछानेको नाम रहेको छ।