× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

सोनाक्षी यौनकर्मीको भूमिकामा

Simrik Online

३१ असार २०७८, शुक्रबार

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यौनकर्मीको भूमिकामा देखिने भएकी छन्। सञ्जयलीला भन्सालीले निर्माण गर्न लागेको नयाँ वेब सो ‘हीरामन्डी’मा उनी यौनकर्मीको भूमिकामा देखिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

केही दिनअघि चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकेपछि भन्सालीले अहिले ‘हीरामन्डी’को काम सुरु गरेका हुन्। सो चलचित्रमा अभिनेत्री सोनाक्षीले काम गर्ने पक्का भएको खबर बाहिरिएको छ। अभिनेत्री सोनाक्षीले उक्त भूमिकामा आफूलाई अभ्यस्त गराउन तयारीसमेत सुरु गरिसकेकी छन्।

‘हीरामन्डी’ जसलाई शाही मोहल्लाका रुपमा पनि चिनिने गरिन्छ, त्यो पाकिस्तानस्थित लाहोरको रेडलाइड क्षेत्र हो। बेव सिरिजमा त्यहाँ रहेका यौनकर्मीको संस्कृति र जीवनीमा केन्द्रित हुने जनाइएको छ।