× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

आजदेखि उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप

Simrik Online

१३ श्रावण २०७८, बिहीबार

काठमाडाैं । बिहीबारदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ ।
काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।