× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

राजा ज्ञानेन्द्र र युवराज्ञी हिमानीले सामाजिक सञ्जाल प्रयोग गर्दैनन् : संवाद सचिवालय

Simrik Online

२२ मंसिर २०७८, बिहीबार

काठमाडौं । पूर्वराजाको सचिवालयले ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहले कुनैपनि सामाजिक सञ्जाल प्रयोग गर्ने नगरेको स्पष्ट पारेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई फेसबुकमा मेनसन गर्दै ‘निर्मल निवासको नांगो हस्तक्षेप भएको’ स्टाटस लेखेका थिए। यस्तै, ट्वीटरमा हिमानीलाई मेन्सन गर्दै ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’ भन्दै बधाई तथा शुभकामना दिएका थिए।

तर, पूर्वराजाका संवादसचिव फणि पाठकले बिहीबार एक विज्ञप्ति जारी गर्दै थापाले मेन्सन गरेका आईडीहरु राजपरिवारसँग सम्बन्धित नरहेको बताएका छन्। उनले ज्ञानेन्द्र र हिमानीले ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल प्रयोग गर्ने नगरेको बताएका छन्।

‘मौसुफबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस्तो निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपु-याउनसमेत अनुरोध गरिन्छ।’