काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो।
शिक्षामन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले अध्यक्ष प्रचण्डले महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गर्नुभयो। त्यसलाई आइतबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको छ।’
माओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुनेछ।