× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

चार निर्णय गर्दै सकियो कांग्रेस केन्द्रीय समिति बैठक

Simrik Online

९ पुष २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठक सकिएको छ। नेपाली कांग्रेसको १४औँ माहाधिवेशन पछिको केन्द्रीय कार्यसमितिको पहिला बैठकमा चारवटा निर्णय भएका छन्।

महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी दिए। पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको थापाले बताए।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकले गरेको महामन्त्री थापाले बताए। त्यस्तै, बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।