Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
सिम्रिक अनलाइन के-का लागि ?

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

सिम्रिक अनलाइन के-का लागि ?

Simrik Online

६ भाद्र २०७७, आईतवार

आजबाट अनलाइन समाचार संस्थाकाे अग्रलाईनमा सिम्रिक अनलाइनकाे सशक्त उपस्थिति भएकाे छ । स्वच्छ, निष्पक्ष, सत्य तथ्य समाचार, विश्लेषण, विचार, सुशासन, पारदर्शिता, सन्तुलित परराष्ट्र सम्बन्ध, दिगो विकास, आर्थिक सम्पन्नता, नेपाली मौलिक सनातन धर्म र संस्कृतिकाे संरक्षण सम्बर्द्धन, नैतिक मूल्य मान्यता सहितकाे समाज निर्माण, लाेकतान्त्रिक गणतन्त्र र स्थानीय तहकाे सवलीकरण सहित राजनीतिक स्थिरता कायम गर्न थाेरै भएपनि याेगदान पुर्याउने उद्धेश्यका साथ अङ्कमाल मिडिया प्रा.लि.ले सिम्रिक अनलाइनकाे शुरूवात गरेकाे छ ।
हामीले आगामी दिनमा निर्भिकताका साथ सत्यतथ्य समाचार, विचार र विश्लेपण प्रकाशित गर्ने छाैं । विगतमा हामीले अङ्कमाल मासिक प्रत्रिका प्रकाशित गरी शिवलिंगेश्वर र बुद्ध सर्किट, पुर्व-पश्चिम रेल मार्ग, पुर्व-पश्चिम चुरे राजमार्ग, मध्यपहाडि लाेकमार्ग, निजगढ-हेटाैडा-काठमाडौं सुरूङ मार्ग, नदी करिडाेर विधुतीय लाइन, मध्यपहाडि प्रशारण लाईन निर्माण, काठमाडौं-नाम्चे राजमार्ग, जनताकाे लगानीमा जलविधुत तथा खानेपानी आयाेजनाकाे निर्माणका खाकाहरू अगाडि ल्याएका थियाै । पछि राज्यले तिनै याेजनालाई अगाडि बढायाे, यसमा हामी धेरै खुशी छाैं। राज्यले हामीले उठाएका विषयलाई प्राथमिकताका साथ आफ्ना याेजनामा पारेकाेमा सरकारलाई पनि धन्यवाद दिन चाहान्छाैं । हामीले वर्ष व्यक्ति २०७२ घाेषणा गरेका व्यक्ति दोस्रोपटक देशमा प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वले देशलाई काेराेना महामारीकाे यस अवस्थाबाट मुक्त गर्दै विकास, समृद्धि र सुशासन कायम गरोस् भन्ने आम जनताकाे अपेक्षा छ ।
आम पाठक, शुभेच्छुकहरुकाे भावनाकाे कदर गर्दै तपाईहरूकै मनमन र मुटुभित्र बस्ने चाहाना हाम्राे हुनेछ । तपाईहरूले पनि विगतमा झै हाम्रा समाचार तथा विश्लेषण पढिदिएर, सहि सूचना दिएर, विज्ञापन उपलब्ध गरेर, लाइक, शेयर र कमेन्ट गरेर, सल्लाह-सुझाव दिएर अझ परिस्कृत र परिमार्जन गर्न हाैसला र प्रेरणा दिनु हुनेछ भन्ने विश्वास लिएका छौं । जय नेपाल !