Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
नयाँ पेट्रोलियम पाइपलाइन सम्बन्धमा छलफल

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

नयाँ पेट्रोलियम पाइपलाइन सम्बन्धमा छलफल

Simrik Online

६ भाद्र २०७७, आईतवार

काठमाडाैं । तेल र ग्यास सहयोग सम्बन्धी नेपाल भारत संयुक्त कार्य समुहको दोस्रो बैठक भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको छ। भारतका तर्फबाट पट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव बी एन रेड्डी र नेपालकातर्फबाट वाणिज्य उद्योग तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा बैठक भएको हो। भिडियो कन्फ्रेन्समा भारतीय दुतावासका अधिकारीहरु, भारतीय सार्वजनिक ग्यास र तेल कम्पनीहरु आईओसीएल, जीएआईएल, एचपीसीएल र नेपाल भारतका वाणिज्य र विदेशमन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो। बैठकले सन् २०१९ को सेप्टेम्बरमा दुवै देशका प्रधानमन्त्रीहरुले उद्घाटन गरेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाईनको कार्यमा सन्तुष्टि जनाएको छ । दक्षिण एसिया क्षेत्रकै पहिलो पेट्रोलियम पाइपलाईले नेपालको अधिकांश इन्धन आपुर्ति गरिरहेको छ । यसले भविष्यमा थप पेट्रोलियम र उर्जाका क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गराएको अधिकारीहरुले बताएका छन्। बैठकमा नयाँ पेट्रोलियम पाइपलाईनको सम्भावनाका विषयमा पनि कुरा भएको छ । त्यस्तै नेपाल भारतबीच इन्धनका क्षेत्रमा थप सहकार्य हुने कुरामा पनि छलफल भएको छ । इन्डियन आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसनबीच पूरानो सहकार्यलाई थप सुदृढ र बलियो बनाउनका लागि नेपाल भारत संयुक्त कार्य समुहको स्थापना २०१७ मा भएको थियो। समुहको पहिलो बैठक यसै वर्षको जनवरी ४ मा नयाँ दिल्लीमा भएको थियो । बैठकमा दुवै पक्षले पेट्रोलियम क्षेत्रको सहकार्यलाई अझैं सुदृढ पार्न आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरिएको छ। अगष्ट १५ मा दुई देशका प्रधानमन्त्रीबीच संवाद भएपछिको सरकारीस्तरमा भएको यो दोस्रो वैठक हो । यसअघि परराष्ट्र सचिव र भारतीय राजदुतको तहमा संवाद भएको थियो।