× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

खाद्यान्न/तरकारी पसल बिहान ९:१५ बजेसम्म मात्र खोल्न पाइने

Simrik Online

६ भाद्र २०७७, आईतवार

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न, पानी, तरकारी र फलफुल पसल बिहान ५:०० बजेदेखि ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक खाधान्न, तरकारी र फलफुल खरिद गर्ने भन्दै निस्किन थालेपछि यो निर्णय भएको काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञाप्ति प्रकाशित गरि जानकारी दिएकाे छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनाएका छन् । उनले भने, ‘अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान ९:१५ बजे मात्र खोल्न दिने निर्णय भएको छ ।’

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाध रुपमा चलाउन सकिने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताए ।