Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
ओली-प्रचण्डको भेटवार्ता स्थगित

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

ओली-प्रचण्डको भेटवार्ता स्थगित

Simrik Online

७ भाद्र २०७७, सोमबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अाज हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि अाजको भेटवार्ता तय भए पनि अन्तिम समयमा स्थगित भएको बालुवाटर स्रोतले जनाएको छ । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि तीन दर्जन सुझाव दिइएकाे छ ।

जसमा पार्टी एकताकाे महत्त्वलाई आत्मसात गर्ने, पद्वति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, कार्यविभाजन स्पष्ट गर्ने, राजनीतिक तथा संगठनात्मक रूपमा गर्नुपर्ने काम सम्पन्न गर्ने, सरकार पुनर्गठन गर्ने, सरकारलाई प्रभावकारी बनाउने, संसदीय दलकाे भुमिका प्रभावकारी बनाउने, प्रदेश सरकारको पुनर्गठन गर्ने, स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने, प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारलाई निरन्तरता दिने, अध्यक्ष प्रचण्डलाई अझ शक्तिशाली अध्यक्ष बनाउने, सरकारी राष्ट्रिय नियुक्तका निर्णयहरू पार्टी सचिवालयकाे सहमतिले गर्ने, महाधिवेशन आयाेजक समिति गठन गर्ने, पार्टी एकताकाे बाँकी काम सम्पन्न गर्ने, पार्टीका विभाग र भुगाेलकाे जिम्मेवारी ताेक्ने, नेपालकाे सीमा समस्या समाधान गर्ने, काेभिड १९ काे महामारी राेकथाम, नियन्त्रण र आर्थिक पुनरूत्थान गर्ने, बाढी, पहिराे, डुवान, कटानबाट सिर्जित समस्या समाधानकाे अबलम्वन गर्ने, शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने, एमसिसि सम्झाैताका कमिकमजाेरी सच्याएर राष्ट्रिय हितमा प्रयाेग गर्ने जस्ता विषयहरु रहेका छन् ।
अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।