Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
कल्याणकारी कोषबाट श्रमिकको उद्धार गर :कांग्रेस

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

कल्याणकारी कोषबाट श्रमिकको उद्धार गर :कांग्रेस

Simrik Online

८ भाद्र २०७७, मंगलवार

काठमाडौं । श्रम कल्याणकारी कोषबाट श्रमिकहरुको उद्धार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग आग्रह गरेको छ । श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न कांग्रेसले आग्रह गरेको हो ।

कांग्रेसले बनाएको छाँया सरकारको श्रममन्त्री समेत रहकी कांग्रेस केन्द्रीय सदस्य एवं सांसद  डा.डिला संग्रौलाले सोमबार एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण रोजगारी गुमाएर लामो समयदेखि खानका लागि समेत अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेकी छन् । विदेशमा समस्यामा परेर स्वदेश फर्किनैपर्ने अवस्थाका हजारौं श्रमिकलाई शीघ्र फर्काउन कांग्रेसले सरकार समक्ष माग गरेको छ ।

सके निःशुल्क, नसके कम शुल्कमा उडानको व्यवस्था गर्न समेत कांग्रेसले सरकारलाई सुझाएको छ । श्रमिकले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ ।

विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागिता सहितको रोजगारी र स्वरोजगार व्यापार तथा व्यवसाय गर्नेलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण एवं अनुदानको ब्यवस्था गर्न तथा कोरोनाको सङ्कटभन्दा पहिले नै निधन भएका ७० भन्दा बढी नेपालीका शव विदेशमा अलपत्र रहेकाले यथाशीघ्र स्वदेश ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउन समेत सांसद संग्रौलाले आग्रह गरेकी छन् ।

सरकारले करिब ५० हजार नेपालीलाई स्वदेश फर्काए पनि अझै खाडी मुलुक तथा मलेसियामा करिब पाँच लाख नेपाली स्वदेश फर्कन पर्खिरहेको उल्लेख गर्दै सांसद संग्रौलाले तीमध्ये हजारौँ महिला, बेरोजगार तथा अशक्त नेपाली जहाजको टिकट किन्न सक्ने स्थितिमा समेत नभएको बताएकी छन् । यस्तो अवस्थामा ती नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्नुपर्नेमा सरकारले चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खिरहेका नेपालीलाई युएईमा अलपत्र छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो निन्दनीय काम गरेको भन्दै उनले त्यस्तो कामका लागि जिम्मेवार अधिकारीलाई समेत तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।