काठमाडौ । गाेकर्णेश्वर नगरपालिका ५ नं. वडा कार्यालय जोरपाटीले गोकर्णेश्वर नगरपालिकाको विश्रान्ति तरकारी बजार बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिप्रसाद उपाध्याय, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्की, ५ नं.वडाका वडाअध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं. ६ का वडाअध्यक्ष रमेश अर्याल र बिश्रान्ती तरकारी तथा फलफुल बजार अध्यक्ष छवि ओझा समेतको संयुक्त बैठकले बिश्रान्ती तरकारी बजार ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । विश्रान्ति तरकारी बजारकी ३० वर्षीय एक व्यापारी महिलालाई कोरोना सङ्क्रमित पुष्टि भएको हुँदा तरकारी बजार भदौ १३ गतेसम्म बन्द गरिएको हो । उक्त संक्रमित महिलासँग कन्ट्याक्टमा आएकाहरुको पिसिआर परिक्षण गर्ने र सो ठाउँमा किटाणुनाषक अाैषधि तुरुन्तै छर्कने निर्णय समेत नगरपालिकाले गरेको छ ।