काठमाडौ । बिहानै ९ बजे बालुवाटार चोकमा भिख माग्दै प्रदर्शन गरेपछि नेपाली कांग्रेस (विपी) का महामन्त्री एवम् पुर्वमन्त्री सुशिलमान शेरचन पक्राउ परेका छन् । शेरचन नेतृत्वको समुहले कोरोना उपचारमा सरकार उदासिन भएकाे भन्दै निषेधाज्ञा ताेडि भिक मागी व्यङ्गात्मक रुपमा प्रदर्शन गरेकाे हुन् ।
निषेधाज्ञा भइरहेको समयमा निषेधाज्ञा तोडने नेपाली कांङग्रेस विपिका महामन्त्री तथा पुर्वमन्त्री सुशीलमान शेरचन, नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ, नेविसंघ (वी.पी.) महामन्त्री विकास पाण्डे, तरुण दल (वी. पी.) केन्द्रिय सदस्य सर्वजित सेरचन र जितकुमार थापा, नेविसंघ (वी. पी.) नुवाकोट जिल्ला अध्यक्ष तथा केन्द्रिय कार्यलय सचिव सुशीलराज वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई प्रहरीले धकेल्दै पानीको फोहोरा समेत हानी तितर-वितर पारेकाे र महामन्त्री शेरचन घाइते समेत भएको बताइएको छ ।