काठमाडौ । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (CTEVT) बाट संचालित चिकित्सा शिक्षा सम्बन्धि CMA, ANM, LAB ASSITSTANT र AAYURBEDA लगायत TSLC/SEE स्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने गरी गरिएको निर्णय प्रति नेपाल बिद्यार्थी संघले गम्भिर आपत्ति जनाएको छ ।
भावी योजना र विकल्प समेत नदिई बिगत २५ वर्षदेखि अबिछिन्न संचालित तालिम बन्द गर्दा यसले ठुलो अन्योलता छाएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।
हाल काेभिड १९ बिरुद्धको लडाइमा फ्रन्टलाइनमा कार्यरत CMA, ANM, LAB ASSISTANT हरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरु सहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार बिद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजना बिना नै किन बन्द गरियो ? भन्दै नयाँ शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पुर्ण तैयारी भइसकेको अबस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्था माथि यो निर्णयले ठुलो नकारात्मक असर पारेको नेविसंघले जनाएकाे छ ।
पुर्बाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर label-1, label-2 जस्ता तालिमहरु मार्फत शुल्क असुल्ने क्रियाकलाप खराब नियत र मनशायबाट ग्रसित भएर ल्याइएकाे नेविसंघको आराेप छ।