Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
इजरायलमा कामदार पठाइने

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

इजरायलमा कामदार पठाइने

Simrik Online

१५ भाद्र २०७७, मंगलवार

वासुदेव न्यौपाने, काठमाडौं । नेपाली कामदारहरुका लागि करिब ४ वर्षदेखि ठप्प रहेको इजरायलमा रोजगारी फेरि शुरु गर्न पहल हुने भएको छ ।

नेपाली कामदारहरुलाई जिटुजी मार्फत् लैजाने गरी इजरायल सकारात्मक देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जिटुजी प्रणाली अन्तर्गत इजरायलमा कामदार पठाउन मन्त्रालयले छुट्टै कार्यविधि नै तर्जुमा गर्न लागिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालय स्रोतले वैदेशिक रोजगारीका लागि सुरक्षित तथा सम्भाव्य देखिएका अन्य मुलुकहरुसँग समेत श्रम सम्झौता (एमओयु) गर्न पहल हुदै गरेको बताएको छ ।

इजरायलमा केयरगिभरमा नेपाली श्रमिकहरु लैजाने गरी २०७२ सालमा सम्झौता भएको थियो। सम्झौतामा ३ महिनाको केयर गिभर तालिम लिएका र नर्सहरुलाई लैजान सकिने उल्लेख भएको भएपनि सम्झौतापछि पनि थोरै संख्यामा मात्रै नेपालीहरु सरकारी तवरमार्फत इजरायल पुगेका छन् । इजरायलसँग गरिएको श्रम सम्झौता नै त्रुटीपूर्ण भएका कारण उल्लेख्य संख्यामा कामदार पठाउन नसकिएको उल्लेख गरिएको छ। सोेही त्रुटीपूर्ण समझदारीलाई परिमार्जन गर्ने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

इजरायलसँग यसअघि गरिएको सम्झौतामा वर्षमा कति कामदार लैजाने भन्ने स्पष्ट उल्लेख नभएको तथा डिमाण्ड ल्याउने सरकारी संयन्त्र नहुँदा समेत कामदार पठाउन समस्या भएको मन्त्रालय स्रोत बताउँछ । वार्षिक कति कामदार पठाउने, रोजगारदाताहरुको कसरी छनोट गर्ने, पारिश्रमिक सेवासुविधा, करार अवधि लगायत श्रमिकहरुका हकअधिकार कसरी सुनिश्चित हुने भन्ने लगायतका विषयहरु ग्यारेन्टी गरेर मात्रै इजरायल पठाउने तयारी गरिएको बताइएको छ ।

नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तव्य मुलुक रहन सक्ने भएकाले केयर गिभरसँगै अन्य सम्भाव्य क्षेत्रको समेत पहिचान गरी श्रमिकहरु लैजाने गरी सम्झौता गर्न जोड दिइएको बताइएको छ।

इजरायलमा कामदारको करार अवधि ५ वर्षको रहने बताइएको छ । आतेजाते खर्च, बीमा, भिसा प्रोसेसिङ लगायत खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने बताइएको छ । इजरायल सँगको यसअघिको समझदारीमा नै मासिक १ लाखभन्दा बढी रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने सहमति गरिएको थियो ।

काम गर्न सुरक्षित हुने तथा पारिश्रमिक लगायतका सेवासुविधा समेत उपयुक्त भएका कारण इजरायललाई खाडी लगायतका अन्य मुलुकका तुलनामा नेपाली श्रमिकहरुका लागि आकर्षक मूलुक मानिन्छ ।

नर्सिङ तथा केयरगिभरका लागि ८० प्रतिशत महिला हुनुपर्ने इजरायलको शर्त समेत छ । जसले गर्दा रोजगारीको खोजिमा विदेसिने महिलाहरुका लागि यो मुलुक निकै उपयुक्त बन्ने विश्वास गरिएको छ । इजरायल जान हिब्रु तथा अंग्रेजी भाषा आवश्यक पर्दछ । नेपालबाट इजरायल जान भाषा सिकाउने उचित संयन्त्र तथा कामदारको प्रारम्भिक छनोटका लागि भाषा परीक्षामा आधारित पद्धतिको विकास पनि कामदार पठाउनु अघि नै गर्नुपर्ने देखिएको छ ।