काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।” भन्नुभएको हो ।
हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्रीबाट निर्देशन भएको एक मन्त्रीले बताएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा अर्थ, सूचना सञ्चार तथा प्रविधि मन्त्री डा.युवराज खतिवडालाई धन्यवाद दिनुभएको थियोे ।
मन्त्रिपरिषद् बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा.खतिवडाले मुलुकको सेवा गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए ।