सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुमध्ये थुलुङदुधकोशी गाउँपालिका चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । नेपाली काँग्रेस थुलुङदुधकोशी गाउँपालिका २ काँगेलद्वारा आयोजित see परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई सम्मान कार्याक्रमा बोल्दै सभापति बस्नेतले यस्तो आरोप लगाएका हुन् ।
सभापति बस्नेतले “नारामा समृद्धिका कुरा तर व्यबहारमा कमाउ धन्दामा स्थानीय तहका जनप्रतिनिधिहरु ब्यस्त रहेको” समेत बताए । सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सोलुका सहसचिव कुसराज राईले स्थानीय तहमा देखिएका विकृति तथा बिसङ्गतीको बिरुद्वमा लड्न सबैजना एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य नवीन थापाले “स्थानीय सरकारका प्रतिनिधिहरुले नै शैक्षिक स्थललाई राजनीतिक उदेश्य प्राप्ति गर्ने क्रिडास्थल बनाइरहेको र भ्रष्टाचारको चरम नमुना क्षेत्र थुलुङ दुधकोशी गाउँपालिका भएको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा कांग्रेस सोलुखुम्बु जिल्ला सदस्य कान्तिराज थुलुङ, डा.राजेन्द्र बस्नेत, नेविसंघ सोलु अध्यक्ष अस्विनबाबु थापा, नेपाल शिक्षक संघका प्रदेश सदस्य धन्दिराम राई, तथा जनककुमार थापा, पदम राई, जान्दविप्रसाद काफ्ले, भिम बहादुर बस्नेत, रोहन बस्नेत लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस थुलुङदुधकोशी गाउँपालिका २ का सभापति सोमराज केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।