Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
साल्ट ट्रेडिङले सहुलियतको २० हजार टन चिनी ल्याउँदै

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

साल्ट ट्रेडिङले सहुलियतको २० हजार टन चिनी ल्याउँदै

Simrik Online

२६ भाद्र २०७७, शनिबार

किशाेर शर्मा, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ल्याउन लागेको सहुलियतको चिनी दुई-तीन साता भित्रै नेपाल आइपुग्ने भएको छ । सरकारबाट २० हजार टन चिनी खरिदगरि ५० प्रतिशत भंसार छुटमा चिनी ल्याइदैछ । कर्पोरेसनले दोस्रो पटक टेन्डर गरेर चिनी खरिदको प्रक्रिया अन्तिम चरणमा पु-याएकाे कर्पाेरेसन स्राेतले जानकारी दिएकाे छ ।

कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले कोरोना महामारी वा अन्य कुनै विपत्ति आएर सबैतिर काराेवार,व्यापार, ढुवानी ठप्प हुँदाबाहेक अबको छिटाेमा दुई साता देखि तीन साता भित्र चिनी नेपालमा आइपुग्ने बताएका छन ।

हाल कर्पोरेसनसँग पाँच/छ सय टन जति चिनी मौज्दात रहेको छ । खुला बजारमा प्रतिकेजी ९०/९५ रुपियाँमा कारोबार भैरहेकाे चिनी कर्पोरेसनले भने मात्र ७३ रुपियाँमा बिक्री गर्दै आएको छ ।
कर्पोरेसनको चिनी मौज्दात सकिँदै गएको र थप चिनी खरिद गर्न ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला भंसार सहुलियतको चिनी छिट्टै आउने भएपछि नेपालीहरूकाे चाडपर्व दशैं, तिहार, छठ पर्व नजिकै आईरहेकाे वेला बजार भाउ घट्ने आशा खुद्रा व्यापारीले गरेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउनेबित्तिकै बजारमा अहिले बिक्री भएको मूल्य थोरै भए पनि घट्ने बताए।
कर्पोरेसनले गएको फागुनमै ५० हजार टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत सरकारसँग अनुमति मागेका थियाे तर मंत्रालयले बजारकाे माग र आपूर्तिकाे अवस्था आकंलन गर्न नसक्दा र चिनीका ठुला र मुनाफाखाेर व्यापारीकाे चगुंलमा पर्दा ढिलो गरी २०७७ साउन १३ गते मात्र २० हजार टन चिनी खरिद गर्न स्वीकृति दिएको थियो । यसले गर्दा अहिले बजारमा चिनीकाे मुल्यवृद्वि र अभाव सिर्जना भएकाे पाइन्छ । आम उपभोक्ताले बढी मुल्यमा चिनी खरिद गर्नु परेकाे अवस्था छ । सरकारले यसपटक साल्ट ट्रेडिङलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन गरी ३० हजार टन चिनी खरिदका लागि स्वीकृति दिएको छ ।

नुनमा नोक्सानी :

यसैवीच साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनमा लागतकाे तुलनामा प्रतिप्याकेट चार/पाँच रुपियाँ नोक्सानमा कारोबार गरिरहेको स्राेतले बताएको छ । आयाेडिन नुनमा ५/६ वर्ष पहिले निर्धारण गरेको प्रतिप्याकेट मूल्य २० रुपियाँ अहिलेसम्म स्थिर रहँदा नोक्सान सहेर सेवा दिइरहेको कर्पोेरेसनका प्रवक्ता झाले बताएका छन। यस वीचमा अन्तरास्ट्रिय बजारमा कच्चा नुनकाे,आयाेडिनकाे मूल्य बढेकाे,डलरकाे भाउ बढेकाे,ढुवानी खर्च, कामदार र कर्मचारी लागत खर्च बढेकाे तर मुल्यदर पुरानै हुँदा आयाेनुन बिक्रीवितरणमा कर्पाेरेसन प्रति किलाे ४/५ रूपैयाँ नाेक्सान सहेर बिक्रीवितरण गरिरहेकाे छ। प्रति प्याकेट आयाे नुनमा ५ रुपैयाँ मूल्य बढाउन पाए नाेक्सान कम हुने कर्पाेरेसन स्राेतले बताएकाे छ। बजारमा विगत ४/५ वर्ष वीचमा सबै वस्तु र सेवामा ३० देखि ४० प्रतिशत सम्म मूल्य वृद्धि भएकाे छ तर कर्पाेरेसनले आम जनता र उपभोक्तालाई आफुले घाटा सहेर भएपनि सुपथ मुल्यमा सहज र सर्वसुलभ ढंगबाट आयाेनुन उपलव्ध गराउदै आएकाेमा उपभोक्ताले राहत महसुस गर्दै आएका पनि छ तर अब मूल्य नबढाए कर्पाेरेसन सञ्चालन हुन नसक्ने गरि वित्तीय संकटमा पर्न लागेकाे बुझिन आएकाे छ ।

यस बीचमा पेट्रोलियम पदार्थ र ढुवानीमा ४० देखि ६० प्रतिशतसम्म मूल्य वृद्धि हुँदासमेत कर्पोरेसनले नोक्सान सहेर भए पनि त्यही मूल्यलाई निरन्तरता दिएको देखिन्छ । प्रवक्ता झाका अनुसार लागत मूल्य प्याकेटमै चार/पाँच रुपियाँ नोक्सानमा प्रत्येक वर्ष दुई लााख पाँच हजार टन नुनको कारोबार गरिरहेको छ ।
कर्पोरेसनले अन्य अत्यावश्यकीय वस्तु दाल, चामल, गेडागुडी, खानेतेल, आटा, मैदाजस्ता खाद्यान्न, ग्याँस लगायतको पनि बिक्री गर्दै आएको छ । पछिल्लो पटक सरकारले गरेको बन्दाबन्दी वा निषेधाज्ञामा समेत कर्पोरेसनले बिक्री केन्द्र र उपत्यकामा तीनवटा मोबाइल गाडीमार्फत नागरिकको घरदैलोमा सेवा दिइरहेको छ ।

कर्पोरेसनका उपमहानिर्देशक कुमारराज राजभण्डारीले कोरोनाको जोखिमका बेला मात्रै होइन, देशमा परेका अन्य प्राकृतिक वा मानवीय विपत्तिका बेला अग्रस्थानमा रहेर सेवा दिँदै आएको दाबी गरेका छन ।

रासायनिक मल आउने प्रक्रियामा :

कर्पोरेसनले चालू आर्थिक वर्षमा ७५ हजार टन रासायनिक मल खरिद गर्ने जिम्मा पाएकामा पहिलो चौमासिकमा ३० हजार टन युरिया, ४० हजार टन डीएपी र ५ हजार टन एमओसी (पोटास) खरिदको जिम्मा पाएको छ ।
त्यसमध्ये ११ हजार टन रासायनिक मल नेपाल आइसकेको र विभिन्न बिक्री केन्द्रहरूबाट धमाधम बिक्रीवितरण भैरहेकाे छ । आउन बाँकी रासायनिक मल लोडिङको प्रक्रियामा रहेको छ । त्यस्तै २० हजार टन डीएपीको खरिद प्रक्रिया सुरु भएर सात हजार छ सय टन भदौसम्ममा भारतकाे कोलकाता बन्दरगाह आइपुग्ने र बाँकी डीएपी तथा पाँच हजार टन पोटास भदाै २९ गते सोमबार टेन्डर गर्ने तयारी भइरहेको पनि कर्पोेरेसनले जनाएको छ ।
भदौ २७ गते कर्पोरेसनको ५८औँ वार्षिकोत्सव पर्ने भए पनि यसपटक कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नभएको कर्पाेरेसनले जनाएको छ । निजी सरकारी साझेदारी लगानी नीति अन्तर्गत कर्पोरेसन २०२० साल भदौ २७ गते स्थापना भएको थियाे ।