साेलुखुम्बु । साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका वडा नम्बर ५ गैरीमा आज भएकाे एक कार्यक्रममा नेकपाका दश कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस नेचासल्यानका सभापति निरकुमार शर्मा कटेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा कार्यकर्तालाई नेपाली कांग्रेस साेलुखुम्बुका सचिव धनजन राईले सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।
नेकपा परित्याग गरि नेचासल्यान ५ का राेशन श्रेष्ठ, साइमन थापा, हेमन्त श्रेष्ठ, हुतराज राउत, प्रेम कुमार श्रेष्ठ, टेकराज खड्का, कृष्ण खड्का, अर्जुन राउत, चक्र खड्का, जगबहादुर खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस साेलुखुम्बुका पूर्व जिल्ला सचिव चन्द्र आचार्य, आमन्त्रित जिल्ला सदस्य बाबुराम श्रेष्ठ, वडा नम्बर १ का वडाअध्यक्ष रमेशकुमार राई, नेपाल शिक्षक महासंघ साेलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्ताेला, कांग्रेस नेता नवराज श्रेष्ठ, रामकाजि खड्का, कर्मा शेर्पा, हेम भट्टराई लगायतका नेताहरू उपस्थित भएका थिए ।
आजको कार्यक्रममा कांग्रेस प्रवेश गर्नेहरु हेर्दा सानो संख्यामा देखिए पनि यसले नेचासल्यान कांग्रेसलाई गुणात्मक लाभ मिलेको कांग्रेस सोलुखुम्बुका सचिव धनजन राईले बताएका छन् ।