× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान हुने

Simrik Online

२९ भाद्र २०७७, मंगलवार

काठमाडौं । अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

मन्त्री भट्टराईका अनुसार – लकडाउन यता बन्द रहेको यातायात र उडान स्वास्थ्यसम्वन्धी मापदण्डलाई कडाईका साथ पालना गर्ने गरी सूचारु गर्ने निर्णय गरिएको हो ।