काठमाडौं । राजधानी काठमाडौं लयायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुश भएको छ । विहान ५:१९ को समयमा भूकम्पको धक्का महसुस भएको हो । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
पोखरा, चितवन र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुश भएको छ । उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए ।