काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन् ।
केहि दिन अगाडि उनलाई कोरोना संक्रमण भएकाे थियो । घरमै आराम गरिरहेका कोइरालालाई ज्वरो आएपछि ओम अस्पतालमा भर्ना गरिएको हो ।
सोमबार साँझ कोइरालालाई १०३ डिग्री ज्वरो आएको र ज्वरो कम नभएपछि राति नै उनलाई ओम अस्पताल लगिएको थियो । अहिले उनकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।