× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
प्रवास

पार्टीमा बोलाएर लागुअौषध दिन्छन् : चोपडा

Simrik Online

३० भाद्र २०७७, बुधबार

मुम्बई । बलिउड अभिनेत्री तथा चर्चित मोडल सर्लिन चोपडा सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । उनी प्रायः आफ्ना स्पष्ट भनाइका कारण चर्चामा रहन्छिन् । हालै इन्स्टाग्राममा पोस्ट गरेको एउटा भिडियोका कारण उनी अहिले चर्चाको शिखरमा छिन् । भिडियोमा योग मुद्रामा बसेकी उनी सबैलाई लागूऔषधबाट टाढै रहने सन्देश दिइरहेकी छन् ।

सर्लिनले भिडियोमा फिल्म उद्योगका पार्टीमा लागूऔषधको खुलेआम प्रयोग हुने गरेको दाबी गरेकी छन् । उनले क्याप्सन लेखेकी छन्, ‘म चेन स्मोकर थिएँ । २०१६ को अक्टोबरमा धूमपान छोडें । मदिरा सेवन गर्थें तर मार्चमा लकडाउन भएपछि यो पनि छोडें । लागूऔषधबाट भने म सधैं टाढा नै बसें । उद्योगका महारथि पार्टीमा बोलाएर ट्रेमा लागूऔषध अफर गर्छन् । तर यो लिनु हुन्न है ।’

अहिले सर्लिनको यो भिडियो सोसल मिडियामा आगोसरी फैलिएको छ । उनको यो दाबीपछि बलिउडका हस्ती तर्सिएका छन् । केही समयअघि उनले एक अन्तर्वार्तामा आफू यस्ता पार्टीमा नजाने गरेको पनि बताएकी थिइन् ।

सर्लिनले इन्स्टाग्राममा कंगनाको एक तस्बिर पोस्ट गर्दै उनको समर्थन गरेकी छन् । यसको साथमा उनले क्याप्सन लेखेकी छन्, ‘उनी उठ्ने छिन्… मजबुत भएर उठ्नेछिन् र, बिजली झैं दौडने छिन् ।’

यसअघि उनले सुशान्तको मुद्दा सीबीआईलाई दिने विषयमा खुसी व्यक्त गरेकी थिइन् । उनले एक ट्विटमा लेखेकी छन्, ‘पूरा देश छिट्टै यो मुद्दा छिनोफानो भएको हेर्न चहान्छ ।’ सर्लिनले हालै फिल्ममेकर रामगोपाल बर्मामाथि अश्लील म्यासेज पठाएको आरोप पनि लगाएकी थिइन् ।