काठमाडौं । आज शुक्रबारलाई तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक एक्कासि सरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा हुन लागेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तयारी नपुगेको कारण सरेको बुझिएको छ ।
बैठक असोज ४ गते आइतबार बस्ने स्रोतले जनाएको छ ।
बैठकमा पूर्व एमाले र माओवादीबीच सांगठनिक एकताका बाँकी कामका साथै मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठन, संवैधानिक नियुक्ति लगायतका कामबारे छलफल हुने बताइएको छ ।