× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

यस्ता सुविधा सहितको रेल आइपुग्यो नेपाल

Simrik Online

१ आश्विन २०७७, शुक्रबार

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाली समयानुसार आज अपराह्न १२ बजे नेपाली भूमिमा आइपुगेको छ ।

रेलमा १ हजार २०० देखि १ हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । 

नेपालका तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको समयमै अर्थात् वि.सं. १९८४ तिरै भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा थियो ।

हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको छ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्मको रेलमार्गले पुर्णता पाएपछि ५२ किमीमा रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।

सरकारले आगामी दशैँ-तिहारसम्म रेल सञ्चालन गर्ने योजना बनाएको छ । नेपाल आइपुगेपछि सबै परीक्षण गरी रेल सञ्चालनमा ल्याइने बताइएको छ । रेल पूर्णरुपमा सञ्चालन गर्नुभन्दा पहिले भारतीय निर्माण कम्पनीलाई बोलाएर एक पटक अन्तिम जाँच गराइने पनि महानिर्देशक मिश्रको भनाई छ ।

६ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको र नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिको हो । रेल सेट भारतको सरकारी कम्पनीमार्फत नै निर्माण भएको हो । सो सेटमा एउटामा पाँच डिब्बा रहनेछ । दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् ।