काठमाडौं । सञ्चार माध्यममा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारप्रति नेपाल विज्ञापन संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।
सरकारको निर्णयसहित र संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भई कानुनी रूपमा अगाडि बढिसकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरूपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषयभन्दा फरक खालका धारणा सार्वजनिक हुनुु विरोधाभाषपूर्ण भएको संघको विज्ञप्तिमा उल्लेख छ। यस्ता विषयमा आम सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी बदनियतपूर्ण छन् भन्ने नेपाल विज्ञापन संघको ठहर छ। उक्त समाचार एवं टिप्पणीलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्ने विभिन्न व्यक्ति संघ/संस्था तथा सञ्चार गृहलाई भ्रममा नपर्नसमेत संघ अनुरोध गर्दछ।
विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडि बढाउने कुरामा संघ विश्वस्त छ। साथै क्लिन फिड समयमै लागू हुने विषयमा पनि कुनै द्विविधा नभएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।