× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

मन्त्रिपरिषद‍‍् बैठक सकियो, यस्ता भए निर्णय

Simrik Online

१० आश्विन २०७७, आईतवार

काठमाडौं । आकस्मिक रुपमा आज दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ। आजका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए ।

आजको बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय भएको बताइएको छ । साथै नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषद्‍मा कुनै प्रसंग नआएको एक मन्त्रीले बताएका छन् । मन्त्रिमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउने विषयमा बाहिर चर्चा चले पनि मन्त्रिपरिषद् बैठकमा कुनै चर्चा नचलेको बताइएको छ।