× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

संस्कृतमा लामिछाने र कृषिमा रेग्मी : उपकुलपति नियुक्त

Simrik Online

१० आश्विन २०७७, आईतवार

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा.यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा.पुण्यप्रसाद रेग्मी उपकुलपति नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार २ विश्वविद्यालयको ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेका हुन् ।

विश्वविद्यालयमा उपकुलपति नहुँदा नीतिगत र प्रशासनिक कामकाज अवरुद्ध भएका थिए । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.यादव लामिछानेले संस्कृत विश्वविद्यालयमा व्यवस्थापकीय लगायतका समस्या भएकोले आफ्नो कार्यकालमा विश्वविद्यालय सुधारका काम गर्ने बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले नियुक्ति पाइसकेको र तत्काल विश्वविद्यालयमा पुगेर काम सुरु गर्ने बताएका छन् ।

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.प्रेमनारायण अर्याल नियुक्त गर्ने नेताहरूबीच आन्तरिक सहमति भए पनि आइतबार बेलुकीसम्म उनले नियुक्ति पाएका छैनन् । तीन विश्वविद्यालयमा लामो समयदेखि उपकुलपतिलगायतको पद रिक्त भएको थियो ।