× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

कांग्रेसको सुदृढीकरणमा नेकपाका दर्जन बढी नेताको साथ

Simrik Online

१२ आश्विन २०७७, मंगलवार

मनेश निरौला, काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाको काँगेलमा नेपाली कांग्रेसको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई संवोधन गर्दै पुर्वमन्त्री केसीले नेकपा नेतृत्वको सरकार भष्टचारमा लिप्त रहेकोले आँफेेै समाप्त हुने बताउदै आँफू सिसाको महलमा बसेर अरुलाई ढुंगा नहान्न नेकपालाई सुझाएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस सुलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले सोलुखुम्बुका सबै स्थानीय तहमा कांग्रेसले आगामी निर्वाचन जस्तोसुकै मूल्य चुकाएर पनि विजय प्राप्त गर्ने दाबी गरेका छन् ।

सोही कार्यक्रममा नेकपा सोलुखुम्बुका पुराना नेता वि.सं. २०४९ देखि निरन्तर नेकपा एमाले काँगेलको अध्यक्षको जिम्मेवारी लिइरहेका भिमबहादुर बस्नेत लगायत दर्जन बढी नेता-कार्यकर्ता कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सदस्य नवीन थापाले बताएका छन् ।

कांंग्रेस महासमिति सदस्य खिलाराज बस्नेत, किसान संघ सोलुखुम्बु अध्यक्ष हुतराज बस्नेत, नेका सोलुखुम्बुका सहसचिव कुसराज राई, जिल्ला सदस्यहरु नवीन थापा, घनराज सुनुवार, कान्तिराज राई, थुलुङदुधकोशी सभापति महेन्द्रदिप राई, नेपाल महिला संघ उपाध्यक्ष एकाकुमारि बस्नेत, लेखक संघ अध्यक्ष सुबाससङम राई, नेविसंघका नेता रोहनबाबू बस्नेत लगायतले धारणा राखेका थिए ।