× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मनोरञ्जन

हामी स्कुल चलाउँदै छाैं

Simrik Online

१६ आश्विन २०७७, शनिबार

✍️ देेवेन्द्र शर्मा

कविता
हामी स्कुल चलाउँदै छाैं

काेराेनाकाे पेचिलाे माेडमा,
हामी आँखीझ्यालबाट उल्लासमय भविष्य देखिरहेछाैं ।
मानव सभ्यताको चुनाैति
याे कहालीलाग्दो वर्तमान निरीह बनेर फर्कने छ कुनै दिन,
त्याे दिन जब विज्ञानले जित्नेछ ।
विज्ञानकाे गर्भमा जब जन्मन्छ काेभिड विरूद्धकाे एक स्फुतनिक ।
****
काेराेना मिश्रकाे सभ्यता जस्ताे युगान्त बन्ने छैन,
बरू,
मध्य-अफ्रिकाबाट उत्तरतर्फ बगेकाे निल नदीजस्ताे फर्काउनु छ यस्काे गति उल्टाे दिशामा !
पाैरखीका पसिनाले सिन्चित हुनै छ याे माटाे !
अझपनि अरनिकोका प्राचीन काैशलकाे अाधुनिकता कहाँ पुरा भएकाे छ र ?
अझ परिक्षण हुनै बाँकी छन् सीताका सत्यताहरू !
विश्वासका बन्धनहरू कसिला बन्नु छ अझै !
सपनाका अनगिन्ती सम्भावनालाई जीवन दिन बाँकी नै छ ।
गर्भका भ्रुणहरू !
काखका नावालकहरू !
भर्खर पुस्तक च्यापेर पाठशाला जाने अबोध सन्ततिहरू !
युवा र नवजवानहरूकाे आनन्दकाे द्वार नखुले सम्म !
कहाँ हामी खुरूक्क निस्कन्छाैं र ?
यीनै आशाका त्यानाहरू जाेगाउन
निभ्न लागेकाे मैन जलाउँदैछाैं ।
हामी स्कुल चलाउँदै छाैं ?
****
स्टेडियमकाे जर्सीवाल खेलाडीले
पाेलकाे निसानिमा ठाेके जस्ताे
अधिकारकाे भकुण्डो
घरिघरि हामीेमाथि बजर्रिन्छ ।
सरकारका नाममा सकस पुर्ण हुइप र निर्देशन !
हाम्रा साँस्कृतिक पर्व माथि शासकहरू
दृष्टिगाेचर गर्छन् ।
आफूलाई देवत्वकरणकाे अभिप्राय राखेर
हाम्रो ख्याउटे र मलिन अनुहारमा ।
शिकार नपाएकाे चितुवा जस्ताे झम्टन्छन्,
किन !
किन …
बाँदरकाे घाउ जस्ताे
नर नारिले कन्चड थापेर ल्याएकाे व्यवस्थाका सामन्त मालिकहरू
आस्था, विचार र सिद्धान्तको च्यादर च्यातेर जति सक्छौं शासन गर
ओखति र सन्ततिकाे टाउकामा आएका सुविधामा
आ फ्नैहरूकाे घरवार बनाउ !
आफू बस्ने दरवार बनाउ !
कुनै दिन भत्कने मात्र छैनन्
भष्म हुनेछन्,
संसारबाट क्रुर तानाशाहकाे पतन जस्तै
तिम्राे तस्वीरलाई सम्झेर ताेडनेछन् ।
अझङ्गकाे पहाड !
अनि त,
निर्भयका नयाँ पुस्ता जन्मने विश्वासमा
त्याे अनागत दिनसम्म
हामी स्कुल चलाउँदै छाैं ।
***